इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु

सर्लाही । सर्लाहीको पल्सीमा रहेको एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–११ पल्सीमा रहेको इँटा उद्योगले खनेको खाल्डोमा डुबेर गम्हरियाका सद्दाम अन्सारीका ८ वर्षीय छोरा रियाज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बिहान बाख्रा चराउन गएका बेला पल्सीस्थित उनीहरु पौडी खेल्न खाल्डोमा जमेको पानीमा पसेका थिए ।

उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले साथी डुबेको खबर गरेपछि इँटाभट्टाका मजदुर र गाउँले घटनास्थलमा पुगेका थिए । डुबेका दुई बालकलाई स्थानीयले निकालेर उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार