बाढी पहिरोबाट ४३ खानेपानी र २५ जलविद्युत आयोजनामा क्षति

काठमाडौं । यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराउनुभएको हो । यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति पुगेको छ ।

सिन्धुपाल्चोको मेलम्ची खानेपानी आयोजनामा पुग्नका लागि पहुँच मार्ग बनाउँनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट २ वटा बेलीब्रिज बनाउन पहल गरिएको छ । आयोजना स्थलसम्म पहुँचमार्ग बनाएर बाँध क्षेत्रमा पुगेको क्षतिको मुल्याङ्कन गरी काम अघि बढाइने मन्त्री पौडेलले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार