
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ ,मल्कवाङमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको हत्या गरी संलग्न ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले शव मल्कबाङको खाम्चा जंगलमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार , वैशाख २८ गते विहान दश बजेर २५ मिनेट जाँदाको समयमा स्थानीयले पहिचान नखुलेको शव फेला परेको भनेर प्रहरीलाई सुचना दिएका थिए । सोही सुचनाको आधारमा खोजतलास र अनुन्धान गर्दा बलबहादुरका दम्पत्तीले मनबहादुरलाई बाउसो बिँड प्रहार गरेर टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुलेको हो । प्रहरीसँगको प्रारम्भिक बयानमा दम्पतीले आरोप स्वीकार गरेको जनाएको । हत्याको कारण खुल्न सकेको छैन । हत्यामा संलग्न दुवैजनालाई २९ गते पक्राउ गरीएको र ३० गते जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर कर्तब्य ज्यान अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतक मनबहादुर अभियुक्त दम्पतीको घरमा कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।