कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिद्धारा सरकारलाई सुझाव

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भन्नुभयो ।

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ । कक्षा १२ को परीक्षा विद्यार्थीहरुले वर्ष होम सेन्टरमै दिन पाउनेछन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार