कालीगण्डकीमा खसेको पहिरोले कालीपुल बस्तीमा क्षति,तीन जना घाईते (तस्बिर सहित)

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने ७ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी विरेन्द्रराज गुरुङका अनुसार, मध्यरातमा साढे २ बजे पारीपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएको थियो । बाढीले घरहरु भत्किदा सन्तु पुन, गोविन्द बहादुर बुढा र रेखा नेपाल घाईते भएका छन् । उनीहरुलाई स्थानीयबासीले उद्धार गरि बेनी अस्पतालमा उपचारका लागि लगिएको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

स्थानीयबासी क्षेत्रबहादुर गौचनका अनुसार, कालिगण्डकीमा खसेको पहिरोको कारण बस्तीमा आएको पानी र बाढीले स्थानीय सुविन श्रेष्ठ, राजेन्द्र गुरुङ ,क्षेत्रबहादरु गौचन ,सुरेश पुन ,ताराप्रसाद पुन ,हर्क बहादुर थापा ,टिकाबहादुर पुर्जाको घरमा पुर्ण रुपमा क्षती पु¥याएको छ ।
सुतिरहेको बेला ठुलो आवाज संगै घरभित्र पानि पसेपछि भागाभाग भएको स्थानीय पीडित सुरेश पुनले बताउनुभयो । उहाँले कालिगण्डकीमा पहिरो खस्दा नदी किनारामा रहेका घर ,शौचालय र टहरा भत्किएको बताउनुभयो । पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा रहेका छन् ।स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

????????????????????????????????????

‘कालिगण्डकीमा खसेको पहिरोले आएको छाल बस्तीमा आएपछि मध्यरातमा बृद्धबृद्धाहरुलाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ,’उहाँले भन्नुभयो । बजारमा आएको छालले घरहरुसंगै शौचालय, बाथरुम, खानेपानी लगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागी बनाईएको पर्खालमा लगाईएको फलामको रेलिङ समेत पुर्ण रुपमा भत्काएको छ ।

????????????????????????????????????

यसैबिच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाको बारेमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी , बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी , जनप्रतिनिधि,सुरक्षाकर्मी लगायतको टोलीले स्थलगत निरिक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पु¥याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बेनी नगरपालिकाका प्रवक्ता समेत रहनुभएका ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

????????????????????????????????????

 

 

????????????????????????????????????

 

????????????????????????????????????

 

????????????????????????????????????

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार