
काठमाडौं । जनता समावादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेको काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताउनुभएको छ ।
जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ती थियो भने यस्तो गल्ती र त्रुटि सधैँ गरिरहने समेत बताउनुभएको छ।
ठाकुरले बुधबार राति लामो वक्तव्य जारी गर्दै भन्नुभएको छ , “के नागरिकताका लागि अध्यादेश ल्याउन लगाउनु त्रुटि हो रु के संविधान संसोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटि हो रु के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरी दवाव दिनु अपराध हो रु यदि हो भने जनताको हितका लागि यस्ता गल्ती, त्रुटि र अपराध हामी बारम्बर गर्न तयार छौँ ।”
उपेन्द्र यादव पक्षद्वारा असार ४ गते पार्टी फुटाउनका लागि आधिकारिकता सम्बन्धमा दिइएको निवेदनउपर निर्वाचन आयोगले गरेको फैसलाप्रति चित्त नबुझेको भन्दै न्याय पाउने सबालमा आशावादी रहेको अपिलमा भनिएको छ । नागरिक खबरबाट