पोखरामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । करेन्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।

हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार