तलब घटाएपछि बार्सिलोनाबाट मेस्सीले नखेल्ने

काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने भएको छ । बार्सिलोनाले अब मेस्सीसँग नयाँ सम्झौता नगर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

३४ बर्षीय मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएपनि त्यो सम्भावना नरहेको क्लबले जनाएको छ । वित्तीय एवं संरचनागत अवरोधहरुको कारण उनीसँग नयाँ सम्झौता नहुने क्लबले जनाएको छ ।

जुलाई १ तारिकदेखि नै मेस्सीले बार्सिलोनासँग गरेको सम्झौता अविधि सकिएको छ । योसँगै उनी अब प्यारिस सेन्ट–जर्मान(पिएसजी) क्लबमा आबद्ध हुनसक्ने ठानिएको छ । उक्त फ्रेन्च क्लबको अर्जेन्टिनी कोच मरियो पोचेटिनोको च्याम्पियन्स लिग जित्ने महत्वकांक्षा रहेकाले पनि उनी उक्त क्लबमा जाने बुझिएको छ ।

मेस्सीले बार्सिलोनाको लागि १० पटक स्पेनी लिग उपाधि र चार पटक युरोपेली च्याम्पियन्स जिताएका छन् । उनले अहिलेसम्मकै सर्वाधिक ६ सय ७२ गोल बार्सिलोनाका लागि गरेका छन् ।

मेस्सीले आफूले सम्झौता गरेकाभन्दा कम ज्यालामा काम गर्नुपर्ने भएपछि बार्सिलोना छोड्न लागेको बताइएको छ । सम्झौता अवधि सकिएको दुई सातापछि मेस्सीले घटाइएको ज्यालामा क्लबसँग सम्झौता गरेका थिए । तर, उक्त सम्झौता पनि लागु नहुने भएपछि उनले बार्सिलोना छोड्नु परेको हो ।

मेस्सीले बार्सिलोना छोड्नु पर्ने प्रमुख दोषी ला लिगा भएको क्लबले जनाएको छ । क्लबले उनीसँगको २१ वर्षदेखिको आबद्धता लम्ब्याउने भनेको थियो तर, ला लिगाले उनी र अन्य खेलाडीको ज्याला घटाउनै पर्ने सर्त राखेपछि समस्या भएको क्लबले जनाएको छ ।

मेस्सीले २०२६ सम्म बार्सिलोनाबाट खेल्ने सम्झौता गरेको थियो । तर, ला लिगाको नियमहरुको कारण उनले त्यसभन्दा पहिले नै क्लब छोड्नु परेको क्लबले जनाएको छ । १३ वर्षको उमेरमा सन् २००० मा मेस्सी बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार