१३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पाल्पा । पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सारुलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ । सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार