लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि दिएको समयमा केसीको मात्रै दाबी प्रस्तुत भएको थियो ।

केसीलाई माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन् । उनी एक्लो दाबेदार भएपछि अपराह्न साढे ४ बजे शपथ कार्यक्रम राखिएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार