मोरङमा एक पुरुष मृतावस्थामा फेला

मोरङ । एक जना वृद्ध पुरुष मृत अवस्था मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलको एउटा खाल्डोमा भेटिएका छन्। सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ।

‘बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा सुन्दासको शव भेटिएको हो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘शव फेला परेको खाल्डो हेर्दा डुबेर मृत्यु हुने मृत्यु हुने खालको छैन । घटना शंकास्पद भएकाले थप अनुसन्धान थालिसकेका छौं।’ शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार