भूपू गोरखा सैनिकको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । भूतपूर्व गोरखा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । दुई पटकसम्म सुनुवाइ हुन नसकेको मुद्धाको बिहीबारका लागि न्यायाधीश दिपककुमार कार्कीको इजलासमा तेस्रोपटक सुनुवाइ तोकिएको हो ।

दुईपटक पेसी तोकिएकोमा पहिलोपटक ३१ साउनमा सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको थियो भने दोस्रोपटक बुधबार बेञ्च बस्न नभ्याएको कारण सुनुवाइ सरेको थियो ।

अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरह सेवा–सुविधा पाउन नसकेको भन्दै २९ साउनमा सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा १३ दिनदेखि बेलायतमा अनशनरत ३ जना नेपालीको जीवन रक्षार्थ पहल गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न अन्तरिम आदेश माग गरिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार