जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको थियो । आज अन्तिम चरणमा बिहान ९ः४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो ।

१६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ। व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।

अहिले आएको खोप प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिशिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार