आज सकिँदै एचआईडीसीएलको हकप्रदमा आवेदन

काठमाडौँ । हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । जेठ २७ गतेसम्म कायम भएका कम्पनीको सेयरधनीहरुले यसमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले साउन पहिलो सातादेखि शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अङ्कित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर खुलाएको थियो ।

कम्पनीले सेयर निष्कासनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरेको थियो । बुक क्लोज हुनु अघिसम्म रहेका कम्पनीको सेयरधनीहरुले मात्रै यसमा आवेदन गर्न पाउँछन् । हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । हाल ११ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी हकप्रद सेयर निष्कासनपछि २२ अर्ब रुपैयाँ पुग्नेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार