ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरोसँगै खसेका ढुंगा भवनभित्रै पसेका छन । ‘अहिले विद्यालय बन्द भएकाले समस्या छैन तर यो पन्छाएर माथि वाल नलगाएसम्म बालबालिका स्कुल पठाउने सम्भावना छैन,’ उहाँले भन्नुभयो । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार