१८५७ जना कोरोना संक्रमित थपिए ,२७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार