उपत्यकाका सिनेमा हल भोलिदेखि खोल्न पाइने

काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले भोलिबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो, ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’ दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना…

thumbnail

होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको…

thumbnail

गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित…