उपत्यकाका सिनेमा हल भोलिदेखि खोल्न पाइने

काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले भोलिबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो, ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’ दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार