लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो

बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले परियोजना बगाउँदा करिब १ करोड ५० लाख बढीको क्षति भएको छ ।

बाढीले विद्युत गृह बगाएपछि ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । २०७२ साउनमा पहिरोले उक्त लघुजलविद्युतका विद्युतगृह,पाइप र नहर बगाएपछि २०७५ मा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ ,गाउँपालिकाको ५० लाख , र स्थानीयको जनश्रमदानबाट पुननिर्माण गरिएको हो । यसअघि जुगेपानीमा रहेको उक्त परियोजना पहिरोले क्षति पु¥याएपछि मरेनीको फेदीमा स्थानान्त्रण गरिएको थियो ।

 

 

सम्बन्धित समाचार

thumbnail

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ ।मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा…

thumbnail

नेकपा एमाले धवलागिरी अध्यक्षमा थापा

बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी…

thumbnail

नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको…