लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो

बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले परियोजना बगाउँदा करिब १ करोड ५० लाख बढीको क्षति भएको छ ।

बाढीले विद्युत गृह बगाएपछि ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । २०७२ साउनमा पहिरोले उक्त लघुजलविद्युतका विद्युतगृह,पाइप र नहर बगाएपछि २०७५ मा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ ,गाउँपालिकाको ५० लाख , र स्थानीयको जनश्रमदानबाट पुननिर्माण गरिएको हो । यसअघि जुगेपानीमा रहेको उक्त परियोजना पहिरोले क्षति पु¥याएपछि मरेनीको फेदीमा स्थानान्त्रण गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार