प्रधानसेनापति शर्माले बुझे नियुक्ति पत्र

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्। मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्माले बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमबीच नियुक्ति पत्र बुझेका हुन्।

रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र दिएका हुन्। रक्षा मन्त्रालयमा आयोजित सो कार्यक्रममा नेपाली सेनाका पि। एस।ओज रथीवृन्द तथा मन्त्रालयका कर्मचारीहरुको सहभागिता थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागू हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन्। साउन २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार