सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)

काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् ।

जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भावनाले ओतप्रोत छ । ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो हालै बेलायतमा एक कार्यक्रमकाबीच लोर्कापण गरिएको छ ।

एनआरएनए यूकेका नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगर, बेलायत अल्ट्रसड वेलीङ्टनका कोन्जरभेटिभ पार्टीका काउन्सिलर प्रवेश केसी र जीव बेलबासी, सनम कुमार बैरग, कमला सेन्दाङ, कल्पना आङ्बुहाङ, बाचस पति रेग्मी, पर्शुराम राईको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कल्पना आंगबुहागंको शब्द सिर्जना रहेको गीतमा अशोक कुमार राईको संगीत रहेको छ ।

गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय रहेको छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियोको निर्माण सुमन पुनले गरेका हुन् ।

भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् । निर्मात्री सुमन पुन एक कुशल ब्यवसायी हुन् । उनी नितान्त अलग फिल्डबाट आएकी हुन् । फ्यान युकेकी सल्लाहकार समेत रहेकी सुमनले आगामी दिनमा चलचित्रमा निरन्तरता दिने बताएकी छिन् ।ब्यवसायी सुमन गोर्खा सर्भिसेस लिमिटेड, लाइफ केयर म्यानेजमेन्ट र मन ट्राभल एण्ड टुर सर्भिसेस प्रालीकी म्यानेजिङ डाइरेक्टर हुन् ।news24nepal

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार