काठमाडौँका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले बतायो ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार