
काठमाडौँ । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ।गृह मन्त्रालयका अनुसार कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो ।
५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिएको गृह स्रोतले जनाएको छ । सेतोपाटीबाट