
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।उहाँले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भन्नुभएको छ ।
‘संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भन्नुभयो, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँचरसात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उहाँले उल्लेख गरेर्नुभएको थियो। माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरूलाई पहिलो पार्टी बनेर जवाफ दिएको उहाँको भनाइ थियो। सेतोपाटीबाट