जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई चिया कन्टेनर सहयोग

म्याग्दी । आफ्नो जन्मदिनको अवसरमा बेनीका एक युवा व्यवसायीले बेनी बजारको संगमचोकमा रहेको श्री कृष्णा गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका– ७,स्थित संगमचोकमा व्यवसाय गर्दै आउनुभएका बिपिन श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई एक थान २० लिटरको चिया कन्टेनर सहयोग गर्नुभएको हो ।व्यवसायी श्रेष्ठले करिब ८ हजार रुपैयाँ बराबरकाे उक्त चिया कन्टेनर केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठलाई सहयोग गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार