
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर गरिएको छ । केही घन्टा अगडि सम्पन्न गरेको पदाधिकारी नेकपा एसले हेरफेर गरेको हो । हेरफेरपछि नेकपा एसको उपाध्यक्षाको संख्या ६ जनाको पुगेको छ ।
भने राजेन्द्र राईलाई सचिव बनाइएको छ । राजेन्द्र राईलाई पदाधिकारीमा नराखेपछि असन्तुष्टि देखएपछि पदाधिकारी हेरफेर गरिएको हो । सचिवमा प्रस्ताव गरिएको केशवलाल श्रेष्ठ र घनेन्द्र बस्नेतलाई उपाध्यक्ष बनाइएको छ ।
केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्याक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमासचिव र केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव बनाइएको थियो ।अब मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वष्ठि नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति भएको छ । नागरिक खबरबाट