कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा केसी

म्याग्दी । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिङ बहादुर केसी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनबाट गाउँपालिकाकाे सभापतिमा  केसी सर्बसम्मत चयन हुनुभएकाे हाे निर्वाचन समितिले जनाएकाे छ ।

गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द्र बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार