भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा राँगो उनले हानेका थिए। हरेक बर्ष बढीबढाउमा सरकारी राँगो हान्नेलाई आफन्तजन लगायतबाट सम्मान र बाजागाजासहित मार हान्ने ब्यक्तिलाई घर पुर्‍याउने चलन रहेको छ।

ऐतिहासिक भगवती कोत मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । मार हान्ने ब्यक्तिले चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए । तत्कालिन बाइसेरचौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यस बर्ष भगवती कोत मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

लोकदिप सहकारी संस्थाद्धारा स्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ। सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६,…

thumbnail

५.२८ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द…

thumbnail

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९,…