भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा राँगो उनले हानेका थिए। हरेक बर्ष बढीबढाउमा सरकारी राँगो हान्नेलाई आफन्तजन लगायतबाट सम्मान र बाजागाजासहित मार हान्ने ब्यक्तिलाई घर पुर्‍याउने चलन रहेको छ।

ऐतिहासिक भगवती कोत मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । मार हान्ने ब्यक्तिले चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए । तत्कालिन बाइसेरचौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यस बर्ष भगवती कोत मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार