काठमाडौँ । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ ।
पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उहाँ बाथरुम छिर्नुभएको थियो । त्यसको केही क्षणमा उहाँ बाथरुमको ढोकामा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।
जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुनुहुन्थ्यो। नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत हुनुभएको थियो । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आउनुभएके थियो। नागरिक खबरबाट