दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो ।
फाईनल खेलमा ९० मिनेटको निर्धारित समयमा पश्चिम म्याग्दी युवा क्लब र जेपीसी आयोजकले एक–एक गोल बराबर गरी ट्राइब्रेकरमा खेल ढल्किएको थियो । ट्राइब्रेकरमा एक गोलको बिरुद्द २ गोल गरी विजयी हासिल गरेको थियो।सम्पन्न भएको खेलमा विजेता र उपविजेता खेलाडीहरुलाई ट्रफी , मेडल र प्रमाणपत्र सहित १ लाख ५१ हजार एक सय ११ रुपैयाँ र उपविजेता पश्चिम म्याग्दी युवा क्लबलाई ८१ हजार एक सय ११ नगद पुरस्कार वितरण गरिएको जनप्रिय भूपू विद्यार्थीको संस्थापक सचिव रमेश पुनले जानकारी दिनुभयो।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र परिवारको अध्यक्ष कुशल घर्ती लगायतले नगद पुरस्कार वितरण गर्नुभएको थियो । सम्पन्न खेलमा उत्कृस्ट खेलाडी मा पश्चिम म्याग्दी युवा क्लब को विपुल कार्की , डिफेन्डरमा जेपेसीका संगम ठकुरी हुनुभएको छ । भने खेल अवधिभरी सनिश बुढाले ४ गोल गर्नुभयो। तेस्तै उत्कृष्ट गोल रक्षक मा जेपीसीको अन्जान क्षेत्री र हिराजीत स्मृति क्लब अनुशासित टीम बनेको छ। वैशाख १ गते देखि ५ गते सम्म संचालित भएको खेल मा २५ टिमको सहभागिता रहेको थियो।





















