म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)

  म्याग्दी न्यूज संवाददाता

बेनी । आन्तरिक राजस्व कार्यालय बागलुङबाट संचालन हुँदै आएको करदाता सेवा पहिलो पटक म्याग्दीको बेनी नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएपछि सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो।

संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि म्याग्दीमा यो सेवा पहिलो पटक बेनी नगरपालिकाबाट सुरु भएको जनाइएको छ। बेनी नगरपालिकाबाट व्यक्तिगत तथा संस्थागत प्यान नम्बर दर्ता लगायतका करदाता सेवा उपलब्ध हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । सेवाले प्रशासनीक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो ।


करदाता सेवाले स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने ,व्यवसायलाई आयकरमा व्यवसायीक प्यान दर्ता गर्ने ,प्यानसम्बन्धी विवरण सच्याउने तथा संशोधन गर्ने , खारेज भएका व्यवसायिक प्यानलाई व्यक्तिगतमा रूपान्तरण गर्ने तथा अन्य आवश्यक सेवाका लागि आन्तरिक राजस्व कार्यालय, बागलुङमा सिफारिस गर्ने जस्ता सेवा प्रदान गर्ने जनाइएको छ ।बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्वशाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा संचालित कार्यक्रम वरिष्ठ प्रशासकिय अधिकृत युवराज थापाले संचालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार