प्रतिपक्षीले एकोहोरो नाराबाजी मात्र गरे, जबाफ सुन्न चाहेनन् : दिलेन्द्र बडु

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले संसद्‌मा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जबाफ सुन्न नचाहेको बताउनुभएके छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जबाफ सुन्न तयार नभएको बताउनुभयो ।

सभामुखले संसदीय परम्परा, मूल्य मान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसद्हरु सुन्न तयार नभएको उहाँले बताउनुभयो । संसद्‌मा उठेका कालो धनलगायतका विषयमा सम्बन्धित पक्षले जबाफ दिनका लागि संसद् खोल्नुपर्ने उहाँले बताउनुभयो । संसद् खुलेमा प्रतिपक्षी दलले उठाएको सबै विषयवस्तुको जबाफ पाउने उहाँको भनाइ छ ।

“कालो धनको नारा दिनुहुन्छ, त्यसको जबाफ दिने कसले ? उहाँहरुले एकोहोरो नारा त लगाइरहनु भएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ । तर, उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जबाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे–जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जबाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ,” उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार