
काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।
मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार आज दिउँसो गठबन्धन बैठक बसेको हो। मन्त्रालय भागबन्डा मिले पनि दलहरूले मन्त्री हुनेको नाम दिइसकेका छैनन्। त्यसैले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइरहेको छ।
गठबन्धनबाट देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। कांग्रेसबाट तीन मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै अहिले मन्त्रिमण्डलमा छन्। अरू मन्त्रालय देउवाले आफैँ राखेका छन्। सेतोपाटीबाट