सांसदलाई दिइयो दशैं विदा

काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा गरिएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको हो । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् छ । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन् । धेरै सांसदहरु गाउँ गइसकेका छन् ।सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार