दुनैवासीको दुःख : दसैँमा पनि पाएनन् चामल

जाजरकोट । दसैँ मनाउनका लागि २ सय १० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ ।

चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो। सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच महिनादेखि बन्द रहँदै आएका छन् । कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगन्जबाट आइतबार ३ सय ८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उहाँले बताउनुभयो । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उहाँले बताउनुभयो ।

सो चामल दुनै पुगेलगत्तै वितरण गर्नका लागि आफूलगाएत मत्ताहातका कर्मचारीहरू दसैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको चामल समयमा नआउँदा अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० केजी दिएर सकिएको छ । अहिलेसम्म एक हजार मानिसले सो १० केजीको दरले चामल लिएको पाण्डेले बताउनुभयो । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३ सय ८० क्वीन्टल चामल आइतबार ढुवानी गरेको उहाँले बताउनुभयो।

सयौँ व्यक्ति चामल लिन आए पनि चामल नहुँदा रित्तो हाल फर्किन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । आइतबार जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १ सय ५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँडिएको छ । अन्य जिल्लाका ६ डिपोमध्ये पाँच डिपोमा चामल छैन । दैनिक चामलको लागि डिपोमा गए पनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताउनुभयो ।

‘बजारमा चामल छोइसक्नु छैन, पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ’, उहाँले भन्नुभयो । काइगाउँमा ५० क्वीन्टल चामल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरेबापत सो चामल वितरण गर्न लागिएको छ । त्यहाँ ५ सय ५० क्वीन्टल काम गरेबापत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो ।

सोबापतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिब तथा दलित समुदायका लागि मात्र सो चामल उपलब्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरेबापत चामल उपलब्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ ।

अन्य डिपोमा दसैँको मुख आइपुग्दासम्म जुफाल, सहरतारा, लिकुलगायत पाँचवटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाई दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ । यो वर्ष डोल्पाका लागि चालु आथिएक वर्षमा २० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार