
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभएको हो । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो ।
काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीका चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालय, बैठक हल, प्रशासनरकर्मचारीरआगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ । विपदको समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ रहने बताइएको छ ।
भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धताअनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताउनुभयो । महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन ।
तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।” हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि उनले गुनासो गर्नुभयो । उहाँले राम्रो कामको सुरुवात गर्न समयसीमा नुहने भन्दै आफ्नै कार्यकालमा शिलान्याश हुँदा खुशी लागेको बताउनुभयो । “रुख रोप्नु ठूलो कुरा हो, यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन ।
त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कसले खान्छ भन्ने ठूलो कुरा होइन ।”महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राहीमैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिनुभयो । महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताउनुभयो ।
महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा दुई सय जना क्षमताको र एक सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने काठमाडौं महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ । karobardailyबाट