दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

म्याग्दी। दशैंको विदा सकिएसँगै म्याग्दी सहित विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु बेनी बजार, पोखरा ,काठमाडौं लगात सहर फर्किने क्रम जारी छ ।आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो ।

यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार