बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।

जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्यांक लिएर तत्काल राहत दिइने प्रवक्ता शर्माले बताउनुभयो । ‘प्रदेशका अन्य जिल्लामा वर्षाले पु¥याएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको छ’ प्रवक्ता शर्माले भन्नुभयो, ‘तथ्यांक प्राप्त भएपछि सरकारले राहत घोषणा गर्छ ।’ डुबान र बाढीबाट मानवीय क्षति नभए पनि करोडौंको भौतिक नोक्सानी भएको प्रवक्ता शर्माले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार