प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको हो । बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो ।

साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारेर निर्णय हुने छ । पछिल्लो समय बाढी र पहिरोका काराण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोबाट ११७ जनाको ज्यान गएको छ भने अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष , ३५ महिला र २५ जना बालबालिका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार