कानुनका विद्यार्थीद्वारा सर्वोच्च अगाडि प्रदर्शन

काठमाडौं । कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नहुनेमा सो क्रममा जोड दिएका थिए ।

सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय विवादित भयो भने देशको अवस्था के होला भन्ने प्रश्न गरेका थिए । यसैबीच प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार