विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेष भेटिए

काठमाडौं । भक्तपुरको विद्यार्थी निकेतन माविको प्राङ्गणमा विभिन्न पुरातात्विक अवशेषहरु भेटिएको छ । पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रध्यानाध्यापक सर्जनी जोशीसँग भेट गरेर नगरपालिकाले पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुभयो । हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार