
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिनुभयो । बिहीबार मात्रै एमाले स्थायी कमिटी बैठक बसेको थियो । नागरिक खबरबाट