बाबियाचौरमा माओवादीको वडा अधिवेशन

बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता मोतिलाल पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो । सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको उहाँको भनाई थियो ।

माओवादीको पालिका कमिटी संयोजक याम रोकाले माओवादी आन्दोलनका कारण प्राप्त भएको संघीयता, समावेशी, समानुपातिक ब्यवस्थाले दुर्गम क्षेत्रमा बिकासका गतिबिधी बढेका र पछाडी परेका समुदायले अवसर पाएकाले माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।जिल्ला सदस्य तथा मंगलाका सचिब कुलबहादुर पुन, मोतिलाल पौडेल, जिल्ला सल्लाहकार खड्गबहादुर पुर्जाले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा रोका

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि।स।…

thumbnail

म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको…

thumbnail

म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको…