म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले किसानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । ६ मंसिर लागु हुने गरे जिल्ला अदालत म्याग्दीबाट मंगलबार सात दिनका लागि म्याद थप गरेर किसानलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

माओवादी केन्द्र म्याग्दीका पुर्व जिल्ला सदस्य पुन सहित ५० जना बढी कांग्रेस प्रवेश

बेनी । नेकपा माओवादी केन्द म्याग्दीका पुर्व  जिल्ला सदस्य युवा नेता  रबिन पुन , नेता लिलामान पुन ,एमालेको भातृ संगठन अखिल नेपाल  महिला संघ मंगला गाउँपालिका वडा नम्बर १ वडा इकाई सचिव…

thumbnail

माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा रोका

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि।स।…

thumbnail

म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको…