म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले किसानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । ६ मंसिर लागु हुने गरे जिल्ला अदालत म्याग्दीबाट मंगलबार सात दिनका लागि म्याद थप गरेर किसानलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार