
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि प्रश्न उठेपछि इजलासमा नबसेका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न लागेका हुन् ।
बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा मात्र उनीहरुले सुनुवाइ थाल्नेछन् । न्यायाधीशहरूको निर्णयलाई सहयोग पुग्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि सोमबार ६ वटा इजलास मात्रै गठन गरेका छन् । उनले सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकेका छैनन् । नागरिक खबरबाट