बन्दीका रिटमा सुनुवाइ सुरु, ४ विवादमा भयो आदेश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ । तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् ।

नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका थिए ।

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरे पनि न्यायायाधीशहरूले इजलास नजाने बताउनुभएके थियो । सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबार भने इजलासमा जानुभएन । बुधबार भने तिहार बिदाअघिको अन्तिम दिन भएको, प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएकोलगायतका कारण देखाएर सुनुवाइमा सहभागी हुनुभएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार