देउवाले पार्टी हाँक्न सक्नुभएन, पौडेलले पनि सक्नुहुन्न : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।

सभापति पदमा आफूलाई अगाडि सारेका सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चलाउन नसक्ने दाबी गर्नुभएको छ । ‘देउवा चौथो प्रयासमा सभापति हुनुभयो, तर पार्टी हाँक्न सक्नुभएन,’ सिन्धुलीमा आज आयोजित कार्यक्रममा सिंहले भन्नुभयो, ‘नेता तथा कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन्।’

उनले क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरे पनि महाधिवेशन प्रतिनिधिहरूले उत्तम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। ‘क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरून्, १३ औं महाधिवेशनको नेतृत्वलाई प्रतिनिधिले भोट दिँदैनन्,’ उहाँले भन्नुभयो । उहाँले सबैलाई समेटेर जान सक्ने र विधि तथा पद्धतिअनुसार पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन अनिवार्य भएको बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार